November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

धनुषामा पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौं । धनुषामा अवैध हतियार पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिकाका २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकबाट पक्राउ गरेको उनीहरूलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काका अनुसार उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ ।

Advertisement

उक्त पेस्तोल भारतीय सिमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको उल्लेख गर्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।