November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

झापामा अवैध सामान बरामद

झापा । झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु प्रहरीले बरामद गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत रहेको ईलाकाहरुबाट सिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी टोलीले अवैध सामानहरु बरामद गरेको हो ।

बरामद गरिएका अन्दाजी २ लाख ३५ हजार बराबरको सामानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement