November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सुनसरीमा प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

धरान । सुनसरीमा प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० बर्षीय सनम थापा मगर रहेका छन् ।

प्रहरीका अनुसार उनलाई सुनसरीको ईटहरी उप–महानगरपालिका–२० स्थितबाट प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरिएको हो । मगरको कोठामा खानतलासी गर्दा स्पास्पेन २ सय ८८ ट्याबलेट, ट्रमाडोल २ सय ७८ स्यापसुल र १ किलोग्राम गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी मगरलाई सोमवार बेलुका पक्राउ गरेको हो ।

पक्राउ परेका थापाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement