काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहन बस्नेतले संसद भवनअघि आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै बस्नेतले काजकिरियाबाट फर्किए लगत्तै रोजगारीका लागि नियुक्ति पत्र दिने प्रतिबद्धता जनाएका हुन्।
बस्नेतले आचार्यका बालबालिकालाई विद्यालयमा भर्ना गरिदिने पनि घोषणा गरेका छन्। उनले बालबालिकालाई निजि विद्यालयमा स्नातक तहसम्म निशुल्क पढाइदिने घोषणा गरेका हुन् ।
काजक्रियाका लागि इलाम पुगेका उनीहरू काठमाडौं फर्किएपछि बच्चाहरूलाई विद्यालय पठाउने र श्रीमतीलाई रोजगारी पनि दिने बताएका हुन् ।