November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

आज बिहान लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री धरान उप–महानगरपालिका–५ का २२ बर्षीय अमन अछामे र २२ बर्षीय संजिव बिश्वकर्माको साथबाट १ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement