काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । उनको ९५ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान करिब साढे ६ बजेतिर निधन भएको परिवार स्रोतले जनाएको छ ।
२०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ (भारु) को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।
जागिरबाट अवकाश भएपछि उनले गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्राएका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गरेका थिए ।