November 13, 2026, Friday
२०८३ कार्तिक २८
1:37:26 pm

पाँचथरमा ज्यान मार्ने उद्योगमा फरार तीनजना पक्राउ

पाँचथर । ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना कैद फैसला भई फरार रहेका ३ जना प्रतिवादीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फालेलुङ ७ का २४ बर्षीय सुजन राई, २२ बर्षीय प्रकाश राई र २८ बर्षीय अनिल राई रहेका छन् ।

उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिए । उनिहरुलाई फालेलुङ ७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement