विराटनगर । झापामा मोटरसाईकल दुर्घनाबाट हुँदा एकजनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुधबार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको मे. २ प १५२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ४० बर्षीय विरेन्द्र दर्जीलाई उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।