विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बास्थितमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका–५ का २६ बर्षीय रोजन मोहोरा र २४ बर्षीय पवन चौधरीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १ ग्राम बरामद भए संगै नियन्त्रणमा लिएको हो ।
सोहि दिन बिराटनगर महानगरपालिका–१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका अग्नीसाईर कृष्णासवरण–३ सप्तरीका २० बर्षीय पारस चौधारीको साथबाट ऐभिल, डाईजापाम, फेनारागन र लुपिजेसिक सहित ६४ एम्पुल लागुऔषध बरामद गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको छ ।