November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु

पोखरा । पोखराको पृथ्वीचोकमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज (बिहीबार) बिहान पोखराको पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट गएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक पोखरा २६ बुढीबजार निवासी २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।

बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनेबित्तिकै बस चालक फरार भएका थिए ।

सडकमा खाल्डाखुल्डीको कारण स्कुटर अनियन्त्रित हुन पुगेको स्थानियले बताए । रेजिनाको आज गाडीको ट्रायल रहेको बुझिएको छ ।

Advertisement

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।