पाँचथर । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचथरका एक युवालाई कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–५ का ३६ वर्षीय दिनेश राईलाई १९ वर्ष कैद सजाय फैसला गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिंजापतिले बताए ।
पीडित बालिकालाई आरोपितले ०७८ पुस १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७८ चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले ०७९ वैशाख ५ गते घरबाट गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख ६ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।