काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाका मेडिकल व्यवसायी एवम एमाले नेता दुर्गा प्रसाईले सोमबारदेखि सुरु गरेको नागरिक बचाउ महाअभियानको उद्घाटन गरेका छन् ।
मेचीनगर–६ प्यारीभिट्टास्थित बसपार्कमा आयोजित अभियानको उदघाटन समारोहमा अपराह्न २ बजे परिवार सहित पुग्नुभएका पूर्वराजा शाहले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । पूर्वरानी कोमल शाह, पूर्व राजकुमार पारश शाह, पूर्व राजकुमारी शिताष्म शाह समेत सहभागी थिए ।
कार्यक्रमको उद्घाटन सकिने बितिकै राजपरिवार कार्यक्रम स्थलबाट फर्किएको थियो । पूर्वराजपरिवार सहभागी हुने थाहा पाएपछि कार्यक्रम स्थलमा सर्वसाधारणको भिड लागेको थियो । उनले कार्यक्रममा उपस्थित सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका थिए ।