November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

चोरी गरेको मोटरसाईकलसहित तीनजना पक्राउ

२०७९ फाल्गुन १४

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न तीनजना मोटरसाईकलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहक्षेत्र–१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान–४ का २८ बर्षीय विश्वराज राई र धरान–१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन् ।

अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान–११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १–०२–०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को. ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement