विराटनगर । धरान उपमहानगरपालिका–१६ नौलोबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रभुसाहसहित २ रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।