काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ। फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि सोमबार अन्तिम नामावली प्रकाशन गरिएको हो।
स्ववियु निर्वाचनका लागि सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो। अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन्।
उम्मेदवारले सोमबारदेखि चैत २ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । तर, प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने, निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स वा कुनै प्रकारको पोस्टर टाँस्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ।
स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ।