धरान । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र बहुमुखी क्याम्पस धरानको सभापतिमा जनता समाजवादी पार्टी नेपालनिकट समाजवादी विद्यार्थी युनियनका युवराज राई ‘अलौकि’ निर्वाचित भएका छन् ।
मंगलबार सार्वजनिक भएको मत परिणामअनुसार सभापतिमा युवराज राई अलौकिकले ८ सय २४ मत प्राप्त गरी विजयी हुँदा उनका निकट प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका विनोद आले मगरले ७ सय २४ ल्याएका छन् ।
यस्तै, स्ववियुको सचिवमा नेपाल विद्यार्थी संघका सनिक श्रेष्ठ मल्ल ७ सय ६० मतका साथ विजयी बनेका छन् । उनका निकट प्रतिस्पर्धी समाजवादीकी बिनिता लिम्बुले ७ सय १५ मत पाएकी थिइन् ।
स्ववियुको कोषाध्यक्षमा भने समाजवादी युनियनकै सुप्रिया राई निर्वाचित भएकी छन् । उनले ७६५ मत प्राप्त गर्दा नेपाल विद्यार्थी संघकी स्वस्तीकला राई राईले ७ सय १० मत प्राप्त गरेकी थिइन् ।
समानुपातिकतर्फ युनियनले ६ सय ९०, संघले ६ सय ५६ मत प्राप्त गरेको छ ।
निर्वाचित सदस्यहरुसहितको नामवली



