November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

वरिष्ठ चलचित्र निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौं । चलचित्रकर्मी प्रताप सुब्बाको निधन भएको छ । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीवार निधन भएको हो ।

२०३५ सालमा ‘परालको आगो’ चलचित्रको निर्देशन गर्दै करिअर थालेका सुब्बाको ७८ वर्षमा निधन भएको हो । सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको जनाइएको छ ।

सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् । उनी पहिलो नेपाली मूलका भारतीय फिल्म निर्देशकसमेत हुन् ।

Advertisement