November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

चोरीको मोटरसाईकलसहित दुईजना पक्राउ

धरान । सुनसरीको दुहबी नगरपालिका–१ र २ स्थितबाट दुईवटा चोरीको मोटरसाईकल सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका–३ मोरङका २७ बर्षीय अमन सरदार रहेका छन् ।

हिजो राती विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रदेश १–०२–०४८ प २९६१ नम्बर र प्रदेश १–०२–०५० प ३९७९ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

Advertisement