November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले चितवनका पूर्वजिल्ला सभापतिसमेत रहेका श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Advertisement