November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सशस्त्र द्वन्दमा ज्यान गुमाएका सुरक्षाकर्मीहरूलाई सहिद घोषणा गरेकोमा परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौं। सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद दिएका छन् । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा उनीहरूले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा उनीहरूले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रवर्द्धन गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन ध्यानाकर्षण गराएका छन् । 

देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए।

Advertisement