November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै

काठमाडौं। आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ ।

निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

चितवन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नंं. १ र बारा निर्वाचन क्षेत्र नं.२ का लागि उपनिर्वाचन हुन लागेको हो ।

Advertisement

उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।