काठमाडौं। नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याज पीडित र सरकारबीच भएको सहमतिलाई धोका भएको बताएका छन् ।
आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले शनिवार सरकारबी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमतिलाई उनले धोकाधडीको संज्ञा दिएका हुन्।
सांसद गैरेले भने, ‘यो मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ र तत्काल पीडकहरुले कारबाही पाउनुपर्छ।’