November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्नु हुँदैन: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताइन् । सञ्चार माध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको र कुनै पनि सञ्चार माध्यमहरू भजनमण्डली बन्नु नहुने मन्त्री शर्माले बताएकी हुन् ।

सोमबार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले भनिन्,’सञ्चार माध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेका छन् । तिनीहरू भजनमण्डली हुनु हुँदैन भनेका छौँ ।’

भजनमण्डली हुनुहुँदैन भन्ने सैद्धान्तिक मान्यताअन्तर्गत अहिले प्रसारण ऐन संसदमा गएको र त्यो ऐन पारित भइरहेकोले रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्ने उनको भनाइ थियो ।

Advertisement

सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको मन्त्री शर्माले बताइन् ।