November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नाबालिकालाई सामुहिक जबरजस्ती करणी गर्ने दुई अभियुक्तहरु पक्राउ

काठमाडौं । नाबालिकालाई सामुहिक जबरजस्ती करणी गर्ने दुई अभियुक्तहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका निमा तामाङ र काभ्रेपलाञ्चोकका कुशल श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार मेलम्ची नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको टोखा ६ धापासी बस्ने २१ वर्षीय निमा तामाङले मोवाईल नं. ९८४८७७८०२१ प्रयोग गरी आषिस तामाङ नाम राखी नक्कली फेसबुक आइडी बनाएर पिडितलाई साथी बनाए । उनीसँग भेटघाट गरी उनका साथी जिल्ला काभ्रेपलाञ्चोक महाभारत गा.पा. वडा नं. ७ घर भई हाल काठमाडौंैको टोखा ६ धापासीमा बस्ने २१ वर्षीय कुशल श्रेष्ठ समेत भएर बलात्कार गरेको आरोप रहेको छ ।

गत फागुन ६ गते पिडितलाई काठमाडौंको टोखा नगरपालिका वडा नं ३ ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगी सामुहिक जबरजस्ती करणी गरी फरार भएकोमा चैत २० गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाईएको प्रहरीले जनाएको छ ।