November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काभ्रेमा डिजिटल तथा मोवाइल जर्नालिज्मको तालिम

काभ्रे । खोज पत्रकारिता/डिजिटल मिडिया र मोबाइल जर्नलिजम (MOJO) तालिम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेले सफलता पूर्वक सम्पन्न गरेको छ ।

फोनिज वागमती प्रदेशको सहजिकरण र प्रशिक्षण विभाग, संघीय समितिसँगको समन्वयमा काभ्रे फोनिजले ३० जना सहभागीहरूलाई तालिम प्रदान गरेको छ । संघीय अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यमा चैत २६ गते आईतबार काभ्रेको धुलिखेलमा समापन समारोह तथा प्रमाण पत्र वितरण कार्यक्रमको आयोजना गरिएको हो ।

आर्थिक सहयोगका निम्ति फोनिज काभ्रेका संस्थापक अध्यक्ष दिनेश लामा र रोशी गाउँपालिका काभ्रे परिवारलाई आभार तथा धन्यवाद फोनिज प्रशिक्षण विभाग, संधिय फोनिज समितिका पदाधिकारीहरूले दिएका थिए ।

Advertisement