विराटनगर । झापाको कनकाई नगरपालिका–२ जामुनखाडी सिमसार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मंगलबार बेलुका साढे ८ बजे स्थानीय ४० बर्षीय भानु दाहालको घरकोठा भित्र लागुऔषध सेवन भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगबाट खटिएको प्रहरी टोलीले घरकोठा चेकजाँच गदौ लागुऔषध प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले घरमा लुकाई राखेको अवस्थामा ५ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर, नगद ३४ हजार, ३ थान मोबाईल र मे.९ प. ९२९६ नम्बरको पल्सर मोटरसाईकल फेला पारेसँगै दाहाल, ईलाम माई नगरपालिका–८ का ३९ बर्षीय आश बहादुर लिम्बु र ३२ बर्षीय उमेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।