बिराटनगर । झापा र ईलामको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो साढे २ बजे ईलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारी चौक स्थित प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ बर्षीय अमर राई र ३१ बर्षीय अर्जुन राईलाई शंकास्पत अवस्थामा फेला पारी चेकजाँज गर्दा उनिहरूको साथबाट ५४ मिलिग्राम ब्राउन सुगर र नगद १५ हजार ५ सय ४० रुपैया फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी झापाको मेचिनगर नगरपालिका–१३ धाईजन चौक स्थितमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीया २० बर्षीया अनुजा राजवंशीको साथबाट ९ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तिनै जनाको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भईरहेको छ ।