काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने ४३ वर्षीय कमल चौधरीको सोही ठाउँस्थित मोहना नदीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
त्यसैगरी रौतहटको गढीमाई नगरपालिका–२ स्थित बागमती खोलामा नुहाउने क्रममा डुबेर सोही नगरपालिका–२ समनपुर बस्ने १७ वर्षीया तेतरी खातुनको बुधबार दिउँसो मृत्यु भएको छ ।