November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम फैसला सोमबार

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम फैसला आगामी सोमबार हुने भएको छ । जिल्ला अदालत काठमाडौंले यो मुद्दा फैसलाका लागि सोमबार पेशी तोकेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौंले बुधबार दुबै जनाको बकपत्र गराएको छ । अब भने मुद्दाको फैसला हुनेछ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा आज बकपत्र सकिएको छ ।

यसअघि चैत २६ गते न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।

Advertisement

आफूलाई बलत्कार गरेको भन्दै एक किशोरीले सन्दीपविरुद्ध भदौ २१ गते जाहेरी दिएकी थिइन् । असोज २० गते पक्राउ परेका सन्दीपलाई कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनामा पठाएको थियो । तर, उनको आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई थुनामुक्त गरेको थियो ।