काठमाडौं । निहारिका राजपूत अचेत अवस्थामा फेला परेकी छिन् । कुमारी आमाका रूपमा चर्चित राजपुत जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी हुन् ।
उनलाई प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल पुर्याएको छ । डेरामै छटपटाई रहेको भन्दै छिमेकीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले तत्कालै आफ्नै गाडीमा अस्पताल पुर्याएको हो ।
उनलाई के भएको हो भन्ने खुलिनसकएको प्रहरीको भनाइ छ । उनको कोठामा पुग्दा उनी खाटमै ढलिरहेको अवस्थामा भेटिएको र विष सेवन गरेको हुन सक्ने आशंका छ ।
निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध बिग्रेको कारण उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएको स्रोतले जनएको छ।