November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखिया रहेका छन् ।

प्रहरीका अनुसार पाल्पामा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो । यस्तै, आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरु धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन जाँदा जलेको प्रहरीले जनाएको छ ।

Advertisement

जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन ।