November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

घाँस काट्न जाँदा बाघले लगेको महिला अझैं फेला परिनन्

काठमाडौं । कञ्चनपुरमा घाँस काट्न गएकी एक महिलालाई बाघले लगेको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको हो ।

प्रहरीका अनुसार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास गरिएको थियो । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो  । तर, उनको उद्दार गर्न नसकिएको प्रहरीको भनाइ छ ।

बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नगरेको प्रहरीले जनाएको छ ।

Advertisement