November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

फेसबुकको दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं । सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला साविक बोच गाविस वडा नं. ७ हाल भिमेश्वर न.पा. वडा नं. ८ बस्ने ३७ वर्षीय शम्भु कार्की रहेका छन् ।

प्रहरीका अनुसार कार्कीले सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी केटी साथीलाई शम्भु कार्की नामको ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइ एक महिलालाई साथी बनाएका थिए ।

म्यासेन्जर च्याटमार्फत कुराकानी गर्दै जाने क्रममा ‘पिक्युएम’ प्रयोगकर्ताले अश्लिल भिडियो, फोटो, निजको आफन्तजन, घर परिवारका सदस्यहरुलाई पठाईदिन्छु, भनी विभिन्न धाक धम्कि दिई रकम माग गरेकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उक्त कार्यमा संलग्न कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

कार्कीलाई पक्राउ गरी आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।