November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

धाँधलीपूर्ण ढंगले मतदान रोक्न एमाले उम्मेदवार पौडेलको माग

बारा । बारा उपनिर्वाचन क्षेत्र नम्बर २ मा धाँधलीपूर्ण ढंगले मतदान भएको भन्दै एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले यस्तो गतिविधि रोक्न माग गरेको छ । उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको पौडेलको आरोप छ ।

ठाउँठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका वुथहरुमा प्रहरीका सई र असइ नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङ्गो रुपमा देखिई रहेको उनले आरोप लगाएका छन् ।

उनले भने, ‘ठाउँठाउँमा मतदाताहरु रोक्ने, इनरवा , सनफुलवा, सिञ्चाई वुथ लगायत वुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’

Advertisement

पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको माखौल उडाएको छ । म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’