November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

उपनिर्वाचनमा ६० प्रतिशत मत खस्यो, मतपेटिका ढुवानी सुरु

्काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । तितवन–२, बारा–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ । तीन वटा क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता छन् ।

तीन वटा क्षेत्रमा भएको उपनिर्वाचनको मतपेटिकाको ढुवानी सुरू भएको छ । बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पु¥याउने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement