November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

तनहुँ १ मा दोब्बर मतले स्वर्णिम वाग्लेको अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । अहिलेसम्मको मतपरिणामानुसार वाग्ले ५,०११ मतसहित दोब्बर मतले अगाडि रहेका छन् ।

निर्वाचन आयोगका अनुसार आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको ९२४६ मतगणना हुँदा रास्वपाका वाग्ले अगाडि छन् ।

काँग्रेस उम्मेदवार गोविन्द भट्टराईले २,३५१ मतसहित दोस्रो स्थानमा छन् भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले १,५४९ मत प्राप्त गरेका छन् ।

Advertisement

सुरुमा भानु नगरपालिका वडा नम्बर १० र आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ को मतगणना भएको हो ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन्।

२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।