November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

नवीन अभियानमा नयाँ ढंगले जुट्नेछौं: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिएका छन् । बधाई दिँदै उनले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको पनि बताएका छन् ।

महामन्त्री शर्माले देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ ।’

बदलिएको समयअनुरुप आफूलाई बदल्नुपर्ने पनि उनले बताएका छन् । ‘देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’, महामन्त्री शर्माले भनेका छन् ।

Advertisement

उपनिर्वाचनमा काँग्रेसले तनहुँ–१ र चितवन–२ मा उम्मेदवारी दिएकोमा दुबै क्षेत्रमा काँग्रेस पराजित भएको छ । यसले पार्टीमा रूपान्तरणको जरूरी रहेको महामन्त्री शर्माले बताएका हुन् ।