काठमाडौं । घरको छतबाट खसरे घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारारत रहेका थापाको मंगलबार निधन भएको हो ।
वैशाख ४ गते बिहान पौने ४ बजेतिर घरको छतबाट खसेका थापाको मंगलबार दिउँसो २ बजेतिर निधन भएको अस्पताल स्रोतल जनाएको छ । उनको शव आफन्तले अस्पतालबाट लिएर गइसकेका छन् ।
सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो । सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो ।