November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

अराजक समूहबाट भवनमा आक्रमण गर्ने दुस्प्रयास भएको भन्दै पेसागत महासङ्घको ध्यानाकर्षण

काठमाडौं । पेसागत महासङ्घ नेपालले आफ्नो भवन अगाडी अराजक समुहबाट भएको हुल हुज्जत, नाराबाजी र भवनमा आक्रमण गर्ने दुस्प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पेशागत महासंघका महासचिव राजन रेग्मीले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गरेको हो ।

महासङ्घविरुद्ध अनधिकृत तवरबाट महासङ्घको नाम, झन्डा, लोगो, लेटरप्याड प्रयोग गरिरहेको एक समुहबाट लैनचौरस्थित महासङ्घको भवन अगाडी हुल हुज्जत र नाराबाजी गरी महासङ्घको भवन आक्रमण गर्ने दुस्प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस किसिमको अराजक गतिविधिको घोर निन्दा र भत्र्सना गरेको छ । ‘विज्ञप्तिमा भनिएको छ, ‘वैधानिक हिसावले सञ्चालन हुँदै आएको महासङ्घकाविरुद्ध भइरहेका यस किसिमका अनधिकृत र अराजक गतिविधिप्रति नेपाल सरकारबाट उचित कारवाही गर्न ध्यानाकर्षण गराउँदछौँ । साथै यस किसिमका अराजक गतिविधि नगर्न सम्बन्धित पक्षलाई चेतावनी समेत दिन चाहन्छौँ ।’

२०५२ जेठ ६ गते स्थापना भई २०७९ फागुन २९–३० गते काठमाडौँमा सम्पन्न महासङ्घको सातौ राष्ट्रिय महाधिवेशनबाट प्रेमलकुमार खनालको अध्यक्षतामा ७९ सदस्यीय राष्ट्रिय समिति गठन भई क्रियाशिल रही आएको पेसागत महासङ्घ नेपाल अविच्छन्न उत्तराधिकारवाला संस्था भएको भन्दै विज्ञप्तिमा यो महासङ्घ नेपाल सरकारको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भई निरन्तर रुपमा नविकरण हुँदै आएकोसमेत जनाईएको छ ।

Advertisement