November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा मदन भण्डारीको शालिकमा माल्यार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी भण्डारीले मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन वाटिकामा रहेको उनको शालिकमा माल्यार्पण गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसका अवसरमा तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी थिइन् । उनले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरेकी थिइन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।

Advertisement