November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

म जस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन, मौलिक हुँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताए। मंगलबार राष्ट्रिय सभामा सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफू अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री भएको भन्दै यस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ, म चैं । एस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन । नेपालको इतिहासमा मौलिक भेटिएको छ। ९९. २५ प्रतिशतले समर्थन गरेको भनेको शत प्रतिशतले समर्थन गरेर बनेको प्रधानमन्त्री भेटिदैन,’ उनले भने।

यशअघि उनले नीति कार्यक्रम साझा र सामुहिक रूपले निर्माण गरेकाले विरोधको नैतिक धरातल नरहेको बताए। ‘हामीले साझा नीति कार्यक्रम सामुहिक रूपले निर्माण गर्‍यौं र त्यसैको जगमा यो सरकारको नीति कार्यक्रम बनेको हुनाले एक्स्ट्रिममा गएर यसको विरोध गर्न पनि सैद्धान्तिक नैतिक धरातल मचाहिँ देख्दिनँ,’ उनले भने।

Advertisement

उनले अति नै समर्थन गर्नु पनि नपर्ने बताए। ‘यो बढो सोचविचार गरिएको, सबैको बुद्धि विवेक प्रयोग भएको कार्यक्रम हो,’ उनले भने।

यस्तै प्रधानमन्त्री प्रचण्डले पहिले कताको भ्रमण गर्ने भन्ने कुरामा कुनै बाध्यता नभएको बताए । उनले भने, ‘यो उत्तर दक्षिण भ्रमणको कुरा ल्याउनुभयो,हाम्रो कुनै संवैधानिक र कानूनी बाध्यता छैन । समय परिस्थिति अनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण म आफै हुँ। पहिलोचोटि उत्तबरबाट भ्रमण सुरु गरेको थिएँ ।’

उनले भोगोल र सिमाना र सबै किसिमको दृष्टिकोणबाट भारतको महत्व र विशिष्टता रहेको बताए ।