November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

एमालेले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । आइतबार बसेको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै नियमित कार्यसूचीमा प्रवेश नगरी बैठक अवरुद्ध गरेको हो ।

एमालेले त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए । आजै बसेको दोश्रो बैठकमा पूर्व प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको हो ।

अर्को बैठक भोलि दिउँसो १ बजेर १ बजेका लागि बोलाइएको छ ।

Advertisement