July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ मा बस्नेछ ।

बैठकमा मन्त्रालयगत बजेटमामाथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। प्रतिनिधि सभाबाट भने बजेट पारित भइसकेको छ।

Advertisement