खोटाङ । खोटाङस्थीत मदन राईद्वारा स्थापित शुभम् फाउण्डेशनका विद्यार्थीहरुले कुनै दुव्र्यव्यहार नभोगेका बताएका छन् । आजको न्युज युट्युव च्यानलसँग आफ्ना कुरा राख्दै विद्यार्थीहरुले सो कुरा बताएका हुन् ।
मातृभूमि र माटोका लागि मनैदेखि कर्म गर्ने मदन राई आफ्नो शिक्षालयमा बसेका विद्यार्थीलाई पनि आफ्नो जस्तै देशप्रति समर्पित जनशक्तिको रुपमा विकास गर्न चाहेको र सबै विषयलाई फिल्डमै सिक्ने र सिकाउने काम गराएको कुरा विद्यार्थीहरुले बताएका छन् । ।
विद्यार्थीहरुलाई यौन दुव्र्यव्यहारको आरोपमा संस्थापक मदन राई यतिबेला प्रहरी हिरासतमा रही अनुसन्धान भइरहेको छ ।