काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश गरिएको छ । बजेटमाथिको छलफलका क्रममा चौधरीले व्यक्त गरेको ‘जब पर्यो राती तब बुढी ताती’ भन्ने उखान रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देश गरेका हुन् ।
चौधरीले नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्यो राति तब … ‘ भन्ने उखान सुनाएका थिए ।
उखानका नाममा यस्तो शब्द प्रयोग भएको र संसदीय रेकर्डबाट हटाउनुपर्न माग गर्दै महिला सांसदहरुले नियमापत्ति गरेपछि सभामुख घिमिरेले रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।