काठमाडौं । नेपालका विभिन्न स्थलामा ६ जना मृत अवस्थामा फेला परेका छन् ।
फेला पर्नेमा कपिलवस्तु, कृष्णनगर नगरपालिका–८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार छन् । उनालाई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका–१ धमौली बस्ने ५० वर्षीय कपिल लोध सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् भने कञ्चनपुर, बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोल बस्ने ४५ वर्षीया दुर्गा थापा सोही ठाउँस्थित उखुबारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
रौतहट, परोहा नगरपालिका–७ स्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । काभ्रे, भुम्लु गाउँपालिका–७ राजकोटस्थित सुनकोशी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको केराबारी गाउँपालिका–५ बस्ने ३८वर्षीय युवराज रानामगर सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।