August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

कर्मचारीले टिकटक बनाउन नपाउने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ ।

मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने उनले जानकारी दिए ।

Advertisement

पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।