November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डद्धारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन् । उनले शनिबार हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगेर मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गरेका थिए । सोक्रममा उनले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताको भोग्गुपरिरहेको समस्याका बारेमा अभिरुचिपूर्वक चासो लिएका थिए ।

Advertisement