November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको छ: प्रकाशमान सिंह

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले विद्युतीय राहदानी लागू गर्ने निर्णय कार्यान्वयनमा बेबस्ता गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकलाई सम्बोधन गर्दै उनले त्यसो गर्नु जायज नभएको बताएका हुन् । 

सो निर्णय कार्यान्वयन गर्न सरकारले तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको भन्दै बुस्ट गर्नुपर्ने उनको भनाइ थियो । उनले भने,‘राहदानीको अन्तर्राष्ट्रिय र्‍याङ्किङ् हुन्छ । नेपालको अन्तर्राष्ट्रिय र्‍याङ्किङ् २०२१ मा १०१ थियो । अहिले २०२३मा  १०६ मा झरेको छ । अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको छ । नेपालको इमेजको बुस्ट गर्नुको लागि के कस्ता उपायहरु अपनाउनुपर्ने हो।  त्यसमा परराष्ट्र मन्त्रालयको ध्यान गएको छ की छैन ।’

Advertisement