November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पशुपतिको जलहरी जाँच्न अख्तियार मन्दिरमा

काठमाडौँ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ । आइतबार दिउँसो १ देखि २ बजेसम्म नापजाँच गर्ने भन्दै टोली पशुपतिनाथमा पुगेको हो ।

अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे÷नरहेकोलगायत विषयमा परीक्षण गर्नेछन् ।

जलहरी निर्माण, सुन÷नगद खर्च, कालीगड परिचालनलगायत आर्थिक खटनपटनको टुंगो लगाउन उक्त समितिले काम अघि बढाएको थियो । तर, त्यस प्रक्रियामा कोषको एउटा पक्ष असन्तुष्ट थियो ।

Advertisement

१ सय ८ केजी भनिएको सुन पनि करिब ११ केजी कम राखिएको आरोप कोषका पदाधिकारीमाथि लाग्यो । जलहरी निर्माणको प्रक्रियाबाट बाहिर राखिएका कोषका पाँच सदस्यले हिसाबकिताब माग्दा पदाधिकारीले नदिएपछि अनियमितताको विषय बाहिरिएको थियो । त्यहीबीच यो प्रकरणबारे अख्तियारमा उजुरी परेको थियो  ।